राप्ती नदी तर्ने क्रममा बगेर बेपत्ता

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

 

राप्ती गाउँपालिका–१ माथिल्लो भालुवाङस्थित राप्ती नदी तर्ने क्रममा  सोमबार साँझ एक व्यक्ति बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता हुनेमा वडा नं १ निवासी २४ वर्षीय सुरेश बुढाथोकी रहेका छन् । हिजो साँझ करीब ७:३० बजे नदी तर्ने क्रममा बुढाथोकी बगेर बेपत्ता भएको र उनको खोजीकार्य जारी रहेको प्रहरी प्रवक्ता विनोदविक्रम शाहले जानकारी दिए।