कांग्रेसद्धारा अबरुद्ध संसद सोमबार सुचारु

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं,

नेपालगञ्ज घटनाको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्धारा आइतबार अवरुद्ध भएको प्रतिनिधि सभाको बैठक सोमबार सुचारु भएको छ।
हालै नेपालगञ्जमा आयोजित कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान अन्र्तगतको कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले आक्रमण गरी जिल्ला सभापति किरण कोइराला लगायतका नेता, कार्यकर्तालाई घाइते बनाएको विषयमा कांग्रेसले दोषीमाथि कारबाहीको माग गर्दै सदन अवरुद्ध पारेको थियो।

आइतबार नै बाँके जिल्ला प्रहरी कार्यालयले पीडितको तर्फबाट दर्ता गरिएको किटानी जाहेरी दर्ता गरेपछि कांग्रेसले अबरुद्ध सदनको कारबाही खुलाउन सहमति भएको हो।

अहिले सभामुख कृष्णबहादुर महराले सदनको कारबाही सुरु गर्दै कांग्रेस सचेतक पुष्पा भषाललाई बाेल्न समय दिएका छन्।

उनले किटानी जाहेरीमा परेका दोषीहरुमाथि तत्काल पक्राउ गरी कानून बमोजिम कारबाहीको लागि सभामुखमार्फत सरकारलाई निर्देशन दिन माग गरिन्।.

Posted by Himal Dainik on Monday, September 16, 2019