सरकारले जनताको पक्षमा एउटा राम्रो काम गरेन:काग्रेस नेता सिंह

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले सरकारले जनताको पक्षमा एउटा पनि राम्रो काम नगरेको आरोप लगाएका छन्।

नेपाली काग्रेस १० नंवर ईकाइद्धारा मंगलबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा नेता सिंहले निर्वाचनका बेला जनतालाई दिएको आश्वासन नेकपा नेतृत्वको सरकारले पुरा गर्न नसकेको आरोप समेत लगाए। उनले अहिले दुई तिहाईको सरकार हुदा पनि कुनै अपेक्षा गरेको काम हुन नसकेको धारणा राखे। प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र समृद्धिका कुरा बढी गरेपनि काम भने नगरेको सिंहको तर्क छ । अहिले मुलुकमा भईरहेको हत्या हिंसाको घटनाले सशस्त्र द्धन्दको बेला भएको हत्याहिंसाको झल्को दिएको उनको भनाई छ । उनले सरकारको विरोध नेकपाकै नेताहरुबाट हुनु सकारात्मक संकेत नभएको उल्लेख गरे।

त्यस्तै काग्रेसका प्रदेशसभा सांसद दिपेन्द्र श्रेष्ठले मुुलुक सघियतामा गईसकेपछि गठन भएको प्रदेश सरकारलाई पनि केन्द्रबाट हस्तक्षेप भएको आरोप लगाए।

कार्यक्रममा सहभागीहरुले मुलुकको बिकास र समृद्धिका लागी काग्रेस एकजुट भएर अघि बढ्न सुझाव दिएका थिए ।