बालबालिकासम्बन्धी विधेयक, २०७५ सर्वसम्मतिले पारित

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, भदाै ३०

राष्ट्रियसभा बैठकले बालबालिकासम्बन्धी विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ ।

शनिबार बसेको बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले पेश गरेको उक्त बिद्ययेक पारित गरेको हो। बैठकले राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३२ बमोजिमको नियम निलम्बन गरेको छ । बैठकमा उक्त नियम निलम्बनसम्बन्धी प्रस्तावलाई सांसद खिमलाल भट्टराईले प्रस्तुत गरेका थियो। उक्त नियम निलम्बनको प्रस्तावलाई समेत बैठकको सर्वसम्मतिले स्वीकृत गरेको छ। सांसद भट्टराईले प्रस्तुत गर्नुभएको उक्त नियम निलम्बनको प्रस्तावलाई सांसद तारादेवी भट्ट तथा वृशेषचन्द्रलालले समर्थन जनाए।

संविधानले व्यवस्था गरेबमोजिम मौलिक हकसम्बन्धी कानूनलाई आउँदो असोज २ गतेभित्र पारित गरिसक्नुपर्ने बाध्यात्मक अवस्था छ। विधेयकमा संशोधनका सूचना दिनका लागि नियमावलीले ७२ घण्टा तोके पनि त्यसलाई घटाएर भोलि बिहानसम्मका लागि निर्धारण गर्नका लागि नियम निलम्बन गरिएको हो। बैठकमा मौलिक हक सम्बन्धी बिभिन्न बिद्ययेक पारित भएको छ। राष्ट्रिय सभाको अर्को बैठक आईतबार बोलाईएको छ।