बिजनेसविहीन संघीय संसद्

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधिसभा बिजनेसविहीन भएका छन् । प्रतिनिधिसभामा हाल बिमा विधेयक, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक र लेखापरीक्षण विधेयक छन् ।

राष्ट्रिय सभाको बैठक मंगलबार बोलाइए पनि हालसम्म बिजनेसको टुंगो लागि नसकेको संसद् सचिवालयका सहसचिव मुरारी महतले बताए । उनका अनुसार राष्ट्रिय सभामा सरकारले हाल कुनै नयाँ विधेयक दर्ता गरेको छैन ।

राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको विनियोजन विधेयक र त्यससँग आश्रित आर्थिक विधेयक, ऋण तथा जमानत विधेयक तथा राष्ट्र ऋण उठाउने विधेयक पारित भइसकेको छ ।

संघीय संसद्को बजेट अधिवेशन भए पनि संविधान कार्यान्वयनका लागि मौलिक हकसँग सम्बन्धित १७ वटा विषयमा आगामी ३ असोजसम्म ऐन निर्माण गर्नुपर्ने संवैधानिक बाध्यता छ । तर, सरकारले विधेयक संसद्मा दर्ता नगर्दा संसद् बिजनेसविहीन बन्न पुगेको हो ।, नयाँ पत्रिकामा खबर छ ।