‘दुई तिहाइको आडमा मनपरीतन्त्र’

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले दुई तिहाइको दम्भमा सरकार संविधानलाई तहसनहस बनाउने खेलमा लागेको आरोप लगाएका छन् ।

विराटनगरमा शनिबार अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकारको आडमा मुलुकमा मनपरीतन्त्र मौलाउँदै गएको बताए ।

‘दुई तिहाइको बलमा सरकार संविधान र कानुनविपरीतका काम गरिरहेको छ,’ उनले भने, ‘सरकारले प्रतिपक्षमा कांग्रेस छ भनेर बुझोस् ।

अब सरकार हुकुमी र तानाशाही शैलीमा अगाडि बढे कांग्रेसले प्रतिवाद गर्दछ ।’ यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।