बेल्जियमलाई हराउँदै फ्रान्स विश्वकप फाइनलमा प्रवेश

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार २७

विश्वकप फुटबल खेलको पहिलो सेमिफाइनल खेलमा बेल्जियमलाई एक सून्य गोलले पराजित गर्दै फ्रान्स फाइनल्मा प्रवेश गरेको छ।

रसियाको सेन्ट पिटर्सवर्ग रंगशालामा मंगलबार पौने १२ बजे सुरु भएको खेलको पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिएकोमा दोस्रो हाफको ६ मिनेटमै उम्टिटीले कर्नरमा आएको बललाई हेड गर्दै गोलमा परिणत गरे।

उम्टिटीको त्यहि गोल नै फ्रान्सका लागि विश्वकप यात्राको फाइनल खेलमा प्रवेश गर्ने आधार बन्यो।

खेलको अद्दिकांश समय बेल्जियमले बल नियन्त्रणमा लिँदै विपक्षीको पोष्टमा आक्रमणको प्रयास गरेपनि फ्रान्सको डिफेन्सलाई चिर्न सकेनन्।

फ्रान्सको खेल हेर्न फ्रान्सका राष्ट्रपति पनि रंगशालामा उपस्थित भएर आफ्ना खेलाडीको मनोवल बढाएका थिए।

खेलमा बेल्जियमका क्याप्टेन हजार्डले राम्रो प्रदर्शन गरेपनि चर्चित स्ट्राइकर रोमेरो लुकाकु आजको खेलमा जम्न सकेनन्।
फ्रान्सले अब इङल्याण्ड र क्रोयसियाबीचको बुधबार हुने खेलको विजेतासँग भिड्ने छ।