महिला मृत अवस्थामा फेला

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
धनगढी, २१ असार

कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुर गाउँकी ३२ वर्षीया गर्भी चौधरीलाई आफ्नै घरमा आज बिहान प्रहरीले मृत अवस्थामा फेला पारेको छ ।
आँखा, खुट्टा र हातमा चोट लागेको अवस्थामा आफ्नै कच्ची घरको कोठामा ती महिलालाई मृत फेला पारिएको लम्की प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताउनुभयो ।

प्रहरीले मृतक महिलाका श्रीमान् ईन्द्रबहादुर चौधरीलाई पक्राउ गरी अनुसन्धान थालेको छ । श्रीमान्को कुटपिटबाट उनको मृत्यु भएको आशंका गरिएको छ । महिलाको शव परीक्षणका लागि टीकापुर अस्पताल पु¥याइएको छ । रासस