बर्खेटारमा पहिरो खस्दा दिक्तेल–जयराम सडक अवरुद्ध

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
खोटाङ, २१ असार

वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको दिक्तेल–जयराम सडक अवरुद्ध भएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको बर्खेटारमा पहिरो खस्दा बुधबार रातिदेखि दिक्तेल–जयराम सडक अवरुद्ध भएको हो ।

जिल्ला भित्रिने र बाहिरिने एक मात्र सडकमा पहिरो थुप्रिएका कारण गएरातिदेखि सवारी साधन रोकिँदा सयौँ यात्रु अलपत्र परेका यातायात व्यवसायी संघ खोटाङका महासचिव रामकुमार हिङमाङले बताउनुभयो ।

नगरपालिकाको जेसिबी, खोटाङ बृहत् खानेपानी आयोजना, मध्यपहाडी लोकमार्ग कालोपत्रका काममा प्रयोग गरिएको एस्काभेटर प्रयोग गरेर सडकमा खसेको ढुंगा पन्छाउने काम भइरहेको छ ।

सडकको अवरोध हटाउन नागार्जुन कम्पनीको दुई वटा बकेटसहितको एस्काभेटरसमेत पहिरोस्थलमा झिकाइएको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले बताउनुभयो ।

सडकमाथिबाट खसेको ढुंगा पल्टाउँदा बस्तीमा पुग्ने भएकाले सडकमा थुप्रिएको ढुंगालाई फुटाएर अन्यत्र सारेर मात्र अवरोध हटाउने काम भइरहेको छ । रासस