गाउँपालिकाको बजेटबाट अध्यक्षका बुवाको सालिक

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष मनोज यादवले बुवाको सालिक बनाउन सरकारी बजेट खर्च गरेका खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ ।

समाचारका अनुसार  अध्यक्ष यादवले थलाही टोलमा बुवा भोला यादवको सालिक निर्माणका लागि गाउँपालिकाको बजेटबाट २७ लाखको योजना बनाएर रकम खर्च गरेका हुन्। भारतीय सीमाबाट करिब डेढ सय मिटर दूरीमा पर्ने थलाही टोलको मुख्य चोकमै यादवका बुवाको सालिक राख्न भौतिक संरचना निर्माण धमाधम भइरहेको छ।