१० महिनामा २४ अर्बको चामल अायात

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

काठमाडौं : सरकारले राष्ट्रिय धान दिवस मनाउन थालेको १५ वर्ष भयो। हरेक वर्ष असार १५ गते धान दिवस मनाए पनि धान उत्पादन वृद्धि नहुँदा वार्षिक अर्बौँ रुपैयाँको चामल आयात हुँदै आएको छ।

सरकारले चामललगायतका खाद्यवस्तु आयात प्रतिस्थापन गरी खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरे पनि चालू आर्थिक वर्ष ०७४\७५ मा साढे २४ अर्ब रुपैयाँको चामल आयात भएको छ।

गत वैशाखसम्म चीन, भारत, थाइल्याण्ड, जापान, इटलीलगायतका मुलुकबाट २४ अर्ब ४९ करोड ८० लाखको चामल आयात भएको भन्सार विभागले जनाएको छ।  नेपालमा खपत हुने खाद्यान्न उत्पादन नभएपछि चामलसहित मकै, गहुँ, कोदो, फापरलगायत भान्सामा दैनिक प्रयोग हुने ३६ अर्ब ३४ करोड ३४ लाख रुपैयाँका अनाज आयात भएको छ।