केन्यामा आगलागीमा परी १५ को मृत्यु

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
नैरोवी, १४ असार 

 केन्याको सवैभन्दा ठूलो खुल्ला बजार गिकोम्बामा भएको आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

राजधानी नैरोवीको ग्रामिण क्षेत्रमा रहेको सो बजारमा भएको घटनामा परी अरु पचास जनाभन्दा बढी घाइते भएको अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

“स्थानीय समय अनुसार बुधबार राती २ बजेतिर घटना भएको थियो, घाइतेहरुलाई स्थानीय केन्याटा राष्ट्रिय अस्पतालमा भर्ना गरेर उपचार गरिएको छ,” अस्पतालका एक अधिकारीले भने ।

प्रत्यक्षदर्शीहरूले आगोले जलेका केही व्यक्तिहरु घाइते अवस्थामै दौडेको देखेको बताएका छन् ।

एक पटक प्रयोग भइसकेको कपडा, विद्युतीय सामग्रीहरु, किराना सामानलगायतका सामानहरु बेच्ने बजारको रुपमा सो बजार चर्चित थियो ।

घटनामा परी घाइते भएकामध्ये केहीको अवस्था चिन्ताजनक रहेको अस्पतालका स्वास्थ्यकर्मीहरूले जनाएका छन् । आगलागी भएको बजार नजिकै रहेका घरहरुमा पनि आगोको असर पुगेको छ ।

नैरोवी प्रहरी कार्यालयका प्रमुख जोसेफ ओल टिटोले घटनाका बारेमा मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडी बढाइएको जानकारी दिनुभयो । रासस÷सिन्ह्वा