विदेशी पाइलटको उडान अनुमति (लाइसेन्स) खारेज

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

उडान सुरक्षामा गम्भीर खेलाँची गरेको पुष्टि भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले एक विदेशी पाइलटको उडान अनुमति (लाइसेन्स) खारेज गरेको छ।

आजको नागरिकदैनिकका अनुसार प्राधिकरणले निजी क्षेत्रको हेलिकोप्टर सेवा प्रदायक कम्पनी मनाङ एयरका प्रशिक्षक पाइलट जर्ग सेजिसेनम्यानको लाइसेन्स खारेज गरेको हो ।

स्वीजरल्याण्डका नागरिक सेजिसेनम्याले घटना लगत्तै नेपाल छाडिसकेका छन्। समाचार अनुसार मनाङ एयरको सिफारिसपछि २०७४ चैत दोस्रो साता प्रशिक्षक पाइलट सेजिसेनम्यानले प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेका थिए।

उनले गत जेठ २५ मा काठमाडौंबाट गुल्मीको रेसुंगा जाने क्रममा उड्डयन नियमविपरीत हेलिकोप्टर उडाएका थिए।