अब डिजेल, पेट्राेल पाइपबाट आउनेः २६ मध्ये १३ किमी पाइप विच्छ्याइयो

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

पेट्रोलियम पदार्थ ढुवानीको झन्झटिलो प्रक्रिया अन्त्य गर्न सुरु भएको पाइपलाईन विस्तार योजना तीब्र गतिमा अघि वढेको छ।

भारतदेखि नेपालको अमलेखजञ्जस्थित तेल भण्डारण केन्द्रमा पाइपमार्फत् पेट्रोलियम पदार्थ ढुवानीका लागि सुरु भएको पाइप विच्छ्याउने कार्य नेपालतर्फ १३ किलोमिटर सकिएको खबर आजको राजधानी दैनिकमा वीरगञ्जबाट तुलसी भण्डारीले लेखेका छन्।

यो नेपालतर्फको ३५ दशमलब ९१ प्रतिशत सफलता हो। पेट्रोलियम ढुवानीका लागि नेपालतर्फ ३६ दशमलब २ किमी पाइप विच्छ्याउनु पर्नेछ।