संसदप्रति सरकार अनुत्तरदायी, सभामुखको बल मिच्याई

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार ११

आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि प्रतिनिधि सभामा जारी छलफलमा समबन्धित मन्त्रालयका मन्त्रीहरु अनुपस्थित रहँदा नियमावली बमोजिम बैठक मन्त्रीको अनिवार्य उपस्थित हुनु पर्ने प्रतिपक्षी दलको मागप्रति सभामुखबाटै जर्बजस्ती गर्ने अभ्यासले निरन्तरता पाएको छ।

सोमबारको बैठकमा गृह, उर्जा तथा परराष्ट्र मन्त्रालयको विनियोजन विधेयकमाथिकोे छलफल जारी रहँदा गृहमन्त्री अनुपस्थित रहेपछि विपक्षी दलका सांसद देवप्रसाद तिमिल्सिनाले नियमापत्ति गर्दै गृहमन्त्रीको अनुपस्थितिमा छलफल अघि बढ्न नसक्ने बताए।

तर, सभामुख कृष्णबहादुर महराले यसबारे आफ्नो ध्यानाकर्षण भएको र गृहमन्त्रीलाई आउन खबर गरेको बताउँदै सम्बन्धित मन्त्रालयका कमृचारीको उपस्थिति रहेकोले छलफल अघि बढाउने बताए।

पटक पटक सांसद तिमिल्सिनाले नियमावली अनुसार मन्त्री अनुपस्थितिमा सदन चल्न नसक्ने अडान लिएपछि सभामुख महराले भने, ‘मलाई जहाँसम्म लाग्छ गृहमन्त्रालयका कर्मचारी साथीहरु उपस्थित हुनुहुन्छ। माननीय मन्त्रीजी केहि समयपछि उपस्थित हुनु हुनेछ।’

विपक्षी बेन्चका सांसदहरु उभिएपछि महराले उनीहरुलाई बस्न आग्रह गर्दै आज सबै छलफल सक्नु पर्ने बताउँदै कर्मचारी मार्फत गृहमन्त्रीलाई डाकेको बताए।

पहिलो पटक सांसद बनेर आएका तिमिल्सिनाको अडानबाट नगलेपछि कांग्रेस नेता मीनेन्द्र रिजालले हात उठाएर माइक मागे। उनले गृहमन्त्री अनुपस्थित हुँदा उक्त मन्त्रालयको छलफल अघि बढ्न नसक्ने स्पष्ट अडान राखे।

त्यसका बाबजूद पनि आफैँले बनाएको नियमावलीको प्रावधान विपरित सभामुख महराले बैठक अघि बढाउने अडान लिँदै मन्त्रीकोे ध्यानाकर्षण गराएको र केहि समयमा आउने बताउँदै अन्य मन्त्रालयको छलफल जारी हुने बताए।

तर, रिजालले बीचमा एउटा मन्त्रालयको छलफल हटाएर अरुमा छलफल अघि बढ्न नसक्ने अडान दोहोर्याए। सभामखुको ढिटबाट नगलेका रिजालले जनताप्रति सरकारका मन्त्रीहरुको उत्तरदायित्व संसद मार्फत हुने बताउँदै सदनमा अनुपस्थित हुने हो भने छलफल अघि बढ्न नसक्ने अडान लिएर उभिइरहे।

झण्डै पाँच मिनेट प्रतिपक्षी दलका सांसदहरुसँग दोहोरी चलाउँदा पनि विपक्षी दलका सांसद नबसेपछि बाध्य भएर सभामुख महराले १० मिनेटका लागि बैठक स्थगित गरे।

कहि दिन अघि पनि विनियोजन विधेयकमाथिकोे छलफलमा बैठक संचालन गरिरहेकी उपसभामुख शिवमाया तुम्वाहाम्फेले पनि मन्त्री नभएपनि कर्मचारी भएको भन्दै बैठक संचालन गर्ने असफल प्रयास गरेकी थिइन।