ट्युनिसियामाथि गोलको वर्षा गर्दै वेल्जियम नकआउट चरणमा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार ९

समूह ‘जी’ मा रहेका बेल्जियमले ट्युनिसियालाई ५-२ गोलको अन्तरले पराजित गर्दै विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

रोमेलु लुकाकु र क्याप्टेन हजार्ड चम्किएर व्यक्तिगत दुई दुई गोल गरेभने वात्सुइले एक गोल गर्दै बेल्जियमको पक्षमा ९० मिनेटको खेलमा ५ गोल गरे। ट्युनिसियाविरुद्धको खेलको पहिलो हाफ एक र दोस्रो हाफमा थपिएको तीन मिनेटमा अर्को गोल गर्दै २ गोल गरेपनि कुनै अर्थ रहने।

बेल्जियमले विश्वकप खेलको ११ वटा खेलमा निरन्तर जित हाँसिल गर्दै आएको छ भने ट्युनिसिया विश्वकप खेलका पछिल्ला १३ खेलमा निरनतर पराजित हुँदै आएको छ।

स्पार्तक स्टयाडियमा अहिले अपरान्ह ५ः४५ बजे सुरु भएको लिग चरणको खेलमा बेल्जियमका हजार्डले पाएको पेनाल्टी किकलाई कुनै गल्ति नगरी ६ मिनेटमै गोल गर्दै एक सून्यको अग्रता दिलाए।

त्यसपछि खेलको १६ मिनेट नहुँदै रोमेलु लुकाकुले अर्को गोल थपेर वेल्जियमको अग्रता दोब्बर बनाए।

तर, त्यसको २ मिनेट पनि वित्न नपाउँदै ट्युनिसियाले पाएको फ्री किकलाई ब्रोनले पोष्टभित्र छिराइदिएर गोलअन्तरलाई कम गरे।

उक्त गोल हुनु अघि भिएआरको माध्यमबाट अफसाइड भए नभएको हेरि अफसाइड नभएको भन्दै गोल करार गरिदिए।

त्यसपछिको रोमाञ्चक आक्रमणमा दुबै पक्षबाट कुनै गोल नभएपनि पहिलो हाफको अतिरिक्त समयको ३ मिनेटमा हजार्डले दिएको पासलाई लुकाकुले कुनै गल्ति नगरी पोष्टमा छिराएपछि बेल्जियमले ट्युनिसियालाई ३-१ को अन्तरले पछाडि पारेको छ।

दुर्इ खेलमा लुकाकुले क्रमशः दुर्इ दुर्इ गोल गरी जम्मा चार गोल गरि पोर्चुगलका रोनाल्डो सरह गोल गर्ने खेलाडी बन्न सफल भएका छन्।
त्यसपछिको दोस्रो हाफमा हजार्डले ५१औं मिनेट र वात्सुइले ९० मिनेटमा गोल गर्दै बेल्जियमको ५ गोल बनाए भने ट्युनिसियाका खाज्रीले थपिएको तेस्रो अर्थात ९३औँ मिनेटमा गोल गर्दै गोल अन्तर कम गरे।

पहिलो खेलमा पनामा ३-० गोल अन्तरले पराजित गर्दै तीन अंक बटुलेको बेल्जियमले आजको खेलपछि ६ अंकसहित अग्रस्थानमा रहेको छ भने ट्युनिसिया इंग्ल्याण्डसँग २ १ गोलले पराजित भएर समूहको अन्तिम स्थानमा रहेको छ।

उक्त समूहमा रहेका इंग्ल्याण्ड र पनामाबीच आइतबार खेल हुँदैछ।