लुकाकु चम्किएपछि पहिलो हाफमा बेल्जियम ३-१ गोलले अगाडि

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार ९

समूह ‘जी’ मा रहेका बेल्जियमका रोमेलु लुकाकु चम्किएपछि ट्युनिसियाविरुद्धको खेलको पहिलो हाफमा ३-१ को अन्तरले अग्रता लिएको छ।

स्पार्तक स्टयाडियमा अहिले अपरान्ह ५ः४५ बजे सुरु भएको लिग चरणको खेलमा बेल्जियमका हजार्डले पाएको पेनाल्टी किकलाई कुनै गल्ति नगरी ६ मिनेटमै गोल गर्दै एक सून्यको अग्रता दिलाए।

त्यसपछि खेलको १६ मिनेट नहुँदै रोमेलु लुकाकुले अर्को गोल थपेर वेल्जियमको अग्रता दोब्बर बनाए।

तर, त्यसको २ मिनेट पनि वित्न नपाउँदै ट्युनिसियाले पाएको फ्री किकलाई ब्रोनले पोष्टभित्र छिराइदिएर गोलअन्तरलाई कम गरे।

उक्त गोल हुनु अघि भिएआरको माध्यमबाट अफसाइड भए नभएको हेरि अफसाइड नभएको भन्दै गोल करार गरिदिए।

त्यसपछिको रोमाञ्चक आक्रमणमा दुबै पक्षबाट कुनै गोल नभएपनि पहिलो हाफको अतिरिक्त समयको ३ मिनेटमा हजार्डले दिएको पासलाई लुकाकुले कुनै गल्ति नगरी पोष्टमा छिराएपछि बेल्जियमले ट्युनिसियालाई ३-१ को अन्तरले पछाडि पारेको छ।

दुर्इ खेलमा लुकाकुले क्रमशः दुर्इ दुर्इ गाेल गरी जम्मा चार गाेल गरिसकेकेा छन्।

बेल्जियमले पहिलो खेलमा पनामा ३-० गोल अन्तरले पराजित गर्दै तीन अंक बटुलेको छ भने ट्युनिसिया इंग्ल्याण्डसँग २-१ गोलले पराजित भएर समूहको अन्तिम स्थानमा रहेको छ।