समूह ‘जी’को बेल्जियम र ट्युनिसियाबीच मस्कोमा घम्साघम्सी

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार ९

समूह ‘जी’ मा रहेका बेल्जियम र ट्युनिसियाबीचको खेल अत्यन्त रोमाञ्चक बन्दै गएको छ।

स्पार्तक स्टयाडियमा अहिले अपरान्ह ५ः४५ बजे सुरु भएको लिग चरणको खेलमा बेल्जियमका हजार्डले पाएको पेनाल्टी किकलाई कुनै गल्ति नगरी ६ मिनेटमै गोल गर्दै एक सून्यको अग्रता दिलाए।

त्यसपछि खेलको १६ मिनेट नहुँदै रोमेलु लुकाकुले अर्को गोल थपेर वेल्जियमको अग्रता दोब्बर बनाए।

तर, त्यसको २ मिनेट पनि वित्न नपाउँदै ट्युनिसियाले पाएको फ्री किकलाई ब्रोनले पोष्टभित्र छिराइदिएर गोलअन्तरलाई कम गरे।

उक्त गोल हुनु अघि भिएआरको माध्यमबाट अफसाइड भए नभएको हेरि अफसाइड नभएको भन्दै गोल करार गरिदिए।

अहिले बेल्जियम ट्युनिसियालाई २-१ गोलको अन्तरले अग्रता लिइरहेको छ।