सर्बियाविरुद्ध स्वीटजरल्याण्डको रोमाञ्चक जीत, नकअाउट चरणका लागि होडबाजी रोचक बन्दै

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

एजेन्सी, ९ असार – विश्वकप फुटबल अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा सर्बियाविरुद्ध स्वीटजरल्याण्डले नाटकीय जीत हात पारेको छ।

पहिलो हाफमा १–० गोलले पछाडी परेको स्वीटजरल्याण्डले उत्कृष्ट पुनरामगन गर्दै खेलको नतिजा २–१ स्थितिमा उल्ट्याएको हो। खेलको पाँचौं मिनेटमा अलेक्जेन्डर मिट्रोभिचले हेड गोलमार्फत सर्बियालाई दिलाएको अग्रता बचाउन नसक्दा सर्बिया पराजित भएको हो।

उक्त जीतसँगै स्वीटजरल्याण्डले नकअाउट चरण प्रवेशको सम्भावना पनि अझ मजबुत बनाएको छ। जारी विश्व कपको खेलमा पछि परेर पनि खेल जित्ने स्वीट्जरल्यान्ड पहिलो टोली बनेको छ। पहिलो खेलमा ब्राजिलविरुद्ध १–१ को बराबरी गरेको स्वीट्जरल्यान्डले दोस्रो खेल जितेको हो।

१–० ले पछाडी परेको स्वीटजरल्याण्डका लागि खेलको ५२अाैं मिनेटमा ग्रानिक झाका गोल गर्दै टोलीलार्इ खेलमा फर्काएका थिए। १–१ को स्थितिमा रहेको स्कोरबोर्डलार्इ स्वीटजरल्याण्डका पक्षमा ढाल्न जेर्डन सेकिरीले निर्णायक गोल गरेका हुन्।

सेकिरीले काउन्टर एट्याकमा खेलको अन्तिम मिनेटमा गोल गरेका थिए। यो जीतसँगै स्वीटजरल्याण्डको समूह र्इबाट नकआउट चरण पुग्ने सम्भावना बढेको छ।