ब्राजिल र कोष्टारिकाको पहिलो हाफ गोलरहित बराबरीमा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार ८

रसियामा जारी विश्वकप फुटबल खेलको लिग चरणमा शुक्रबार समूह ‘इ’ को ब्राजिल र कोष्टारिकाबीच खेल भइरहेको छ।

विश्वकप उपाधि पाँच पटक जित्न सफल ब्राजिलले नकआउट चरणमा प्रवेशका लागि अंक बटुल्न अथक प्रयास गरेपनि पहिलो हाफको खेलमा कोष्टारिकाको डिफेन्सलाई उसले चिर्न नसक्दा बराबरीमा टुंगियो।

लिग खेलको पहिलो प्रतिस्पर्धामा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको ब्राजिलका लागि अघिल्लो चरणमा प्रवेशका आजको खेल जित्न सके समूह चरणमा प्रवेशको बाटो सहज हुनेछ।

तर, सर्वियासँग पराजित पहिलो खेलमा पराजित भएको कोष्टारिका पनि समूह चरण पार गर्नका लागि भिडिरहेको छ।

पहिलो हाफको खेलमा ब्राजिलका खेलाडीहरुले अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिएर विपक्षीको पोष्टमा आक्रमणको प्रयास गरेपनि कोष्टारिकाविरुद्ध गोल गर्न सकेनन। खेलको १५ मिनेटमा कोष्टारिकाका खेलाडीले ब्राजिलको पोष्टमा खतरनाक आक्रमण गरेका थिए।

अहिलेसम्मको खेलमा ब्राजिलले ६५ प्रतिशत र कोष्टारिकाले ३५ प्रतिशत बल पोसेसन गरेपनि पोष्टमा