अर्जेन्टिनालार्इ ३–० ले पराजित गर्दै क्रोएशिया नकअाउटमा प्रवेश, अर्जेन्टिनाको सम्भावना न्युन

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

एजेन्सी, ८ असार – रुसमा जारी विश्वकप फुटबलको अाठाैं दिन समूह ‘डी’ अन्तर्गतको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले पराजित गरेको छ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुबै तर्फबाट सन्दर अवसरहरु सिर्जना गरेपनि गोल गर्नबाट चुकेका थिए। खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो।

दोश्रो हाफको ५३अाैं मिनेटमा औं मिनेटमा अर्जेन्टिनाका गोलकिपर विली काबेलेरोको गल्तीको सदुपयोग गर्दै आन्टे रेबिचले सुन्दर गोल गर्दै क्रोएशियालार्इ शुरुवाती अग्रता दिलाएका थिए।

त्यस्तै, ८०औं मिनेटमा कप्तान लुका मोड्रिचले आकर्षक गोल गर्दै क्रोएशियाको अग्रता दोब्बर पारे। त्यस्तै, खेल सकिन १ मिनेट बाँकी रहँदा कोभासिचको पासलार्इ सदुपयोग गर्दै इभान राकिटिचले क्रोएशियाको जीत सुनिश्चित गरेका हुन्।

अाजको जीतसँगै क्रोएशिया प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ भने अर्जेन्टिनाको सम्भावना न्युन देखिएको छ। अर्जेन्टिना अब आइसल्यान्ड र नाइजेरियाको प्रदर्शनमा पनि निर्भर हुन बाध्य रहेको छ।