मेसीसँग म्याराडोनाको तुलना हुनै सक्दैनः रामोस

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार ७

स्पेनका क्याप्टेन सर्जियो रामोशले अर्जेन्टिनाका पूर्व स्टार खेलाडी डियोगो म्याराडोनाको चर्को आलोचना गर्दै लियोनल मेसीको प्रशंसा गरेका छन्।

रसियामा जारी विश्वकप लिग खेलमा इरानलाई १ ० गोल अन्तरले पराजित गरेपछि बुधबार राती संचारमाध्यमसँगको संक्षिप्त प्रतिक्रिया दिँदै रामोसले म्याराडोना भन्दा लियोनल मेसी नै अर्जेन्टिनाको इतिहासकै उत्कृष्ट खेलाडी भएको दाबी गरे।

अर्जेन्टिनाका खेलाडी मेसीको क्षमतासँग ५७ वर्षिय म्याराडोनाको कुनै तुलना नै हुन नसक्ने रामोसले बताए।

फुटबलका चर्चितसँगै अत्यन्त विवादित छवि बनाएका अर्जेन्टिनाका पूर्व क्याप्टेनदेखि प्रशिक्षकको जिम्मेवारीसमेत पाएका म्याराडोनाले गतसाता रियल म्याड्रिडका क्याप्टेन रामोसकोबारेमा नकरात्मक टिप्पणी गरेपछि त्यसको प्रतिवाद गर्दै रामोसले म्याराडोनाविरुद्ध यस्तो प्रतिक्रिया दिएका हुन्।

गतसाताको खेलपछि म्याराडोनाले रियल म्याड्रिडका कप्तान रामोस एट्लेटिको म्याड्रिका डिएगो गोडिन भन्दा उत्कृष्ट डिफेन्डर नभएको टिप्पणी गरेका थिए।

‘अर्जेन्टिनाका लागि म्याराडोना इतिहासकै राम्रो खेलाडी हुन सक्ला तर, मेरोलागि मेसी नै उत्कृट खेलाडी हुन,’ इरानलाई हराएर नकआउट चरणमा प्रवेशको आशा जिवितै राखेका रामोसले भने।

(एजेन्सीकाे सहयाेगमा)