स्पेनसँग जस्तै मोरक्कोविरुद्ध पनि रोनाल्डोले ४ मिनेटमै गोल गरे

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार ६

पोर्चुगलले मोरक्को विरुद्धको खेलको ४ मिनेटमै गोल गर्दै अग्रता लिएको छ।

बुधबार अपरान्ह मस्कोस्थित रंगशालामा भएको खेलमा क्याप्टेन क्रिश्चियनो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई एक सून्यको अग्रता दिलाए।

स्पेन विरुद्धको पहिलो खेलमा ४ मिनेटमै पेनाल्टी मार्फत गोल गरेका रोनाल्डोले मोरक्को विरुद्ध पनि ४ मिनेटमै गोल गरेर मोरक्कोलाई चकित पारे।

मोरक्को विरुद्धको खेलमा पोर्चुगलले आक्रमक प्रर्दशन गर्दै मोरक्कोमाथि दबाब दिएको छ।

(फाेटाे सैजन्यः फिफा डटकम)