इजिप्टलाई हराउँदै अायाेजक रुस नकआउट चरण नजिक

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

इजिप्टलाई ३–१ ले हराउँदै आयोजक राष्ट्र रुस फिफा विश्वकपको नकआउट चरण नजिक पुगेको छ ।

मंगलबार राति भएकाे दाेस्रो खेलमा इजिप्टमाथि जित हात पारेपछि रुसले समूहमा ६ अंक बनाएको छ ।

पहिलो खेलमा उरुग्वेसँग पराजित भएको इजिप्ट भने घर फर्किने सम्भावना बढेको छ । आज हुने खेलमा साउदी अरेबियाले उरुग्वेविरुद्धको खेलमा जित निकाल्न नसकेको खण्डमा इजिप्ट बाहिरिने छ भने रुस प्रिक्वार्टर फाइनलमा पुग्नेछ।

सेन्ट पिटर्सबर्गमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । ४७औं मिनेटमा अहमद फातिले आफ्नै पोस्टमा गोल गरेपछि रुसले अग्रता लियो ।

आफ्नै क्याप्टेन फाथीको आत्मघाती घोलले एक सून्यले पछि परेको इजिप्ट दोस्रो हाफको १७ मिनेट पनि नहुँदै रसियासँग तीन सून्य गोल अन्तरले पछि पर्यो।

रोमन जोब्निनको प्रहार बचाउने क्रममा इजिप्टका फातीले आत्मघाती गोल गरेका थिए । ५९औं मिनेटमा डेनिस चेरिसेभले गोल गर्दै रुसलाई २–० को अग्रता दिलाए । उनले मारियो फर्नाण्डेजको पासमा गोल गरेका थिए । यो गोलसँगै चेरिसेभले दुई खेलमा तीन गोल पुर्याएका छन् ।

तीन मिनेटपछि आर्टेम ज्युबाले उत्कृष्ट व्यक्तिगत गोल गर्दै रुसको अग्रता ३–० मा लम्ब्याए ।

७३औं मिनेटमा इजिप्टले पेनाल्टी पायो । इन्ज्युरीका कारण पहिलो खेल नखेलेका सलाहलाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीलाई सलाहले नै गोलमा परिणत गरे ।

तर त्यो गोल हार टार्नका लागि पर्याप्त भएन ।