कोलम्बियाविरुद्ध जापानको अग्रता ३३ मिनेट पनि टिकेन

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार ५

रसियामा जारी विश्वकप फुटबल खेलमा जापानविरुद्ध कोलम्बियाले गोल फर्काउँदै बराबरी बनाएको छ।

समूह एचमा रहेका यी दुई टिमबीच मार्दोभिया रंगशालामा भएको खेलको तीन मिनेटमै कोलम्बियाका कार्लोस सान्चेजले पेनाल्टी वक्समा हातले बल हानेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाउँदै मैदान बाहिर मात्र पठाएनन्।

कोलम्बिया विरुद्ध पेनाल्टी सुटको अवसर पनि दिए जसलाई १० नम्बर जर्सीका कागावाले कुनै अवसर नगुमाई गोल गर्दै जापानलाई एक सून्यको अग्रता दिलाए।

तर सान्चेज मैदान छाडेर १० जनामा सिमित भएको कोलम्बियाले खेलको ३९औँ मिनेटमा पाएको फ्रि किकलाई कोलम्बियाका जोन क्वीन्टेरोले गोलमा परिणत गरिदिए।

उनले हानेको लो ग्राउण्ड बललाई जापानका किपरले रोक्ने प्रयास गर्दा गर्दै बल गुडेर पोष्टको लाइनभित्र गएको थियो जसलाई रेफ्रीले कुनै गल्ती नगरी गोल करार गरिदिए।

यसरी पहिलो हाफको खेल जापान र कोलम्बियाबीच बराबरीमा टुंगिएको छ।