कोलम्बियाका सान्चेज ३ मिनेटमै मैदान बाहिर, जापानको एक सून्यको अग्रता

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार ५

रसियामा जारी विश्वकप फुटबल खेलमा जापानले खेलको सुरुवातमै गोल गर्दै कोलम्बिया विरुद्ध एक सून्यको अग्रता लिएको छ।

समूह एचमा रहेका यी दुई टिमबीच मार्दोभिया रंगशालामा भएको खेलको तीन मिनेटमै कोलम्बियाका कार्लोस सान्चेजले पेनाल्टी वक्समा फौउल गरेपछि उनलाई रेफ्रीले रातो कार्ड देखाउँदै मैदान बाहिर मात्र पठाएनन्।

कोलम्बिया विरुद्ध पेनाल्टी सुटको अवसर दिए जसलाई १० नम्बर जर्सीका कागावाले कुनै अवसर नगुमाई गोल गर्दै जापानलाई एक सून्यको अग्रता दिलाए।

सान्चेज मैदान छाडेपछि अहिले कोलम्बियाको १० खेलाडीले एशियन राष्ट्र जापानसँग भिड्दैछ।