सलाहमाथि इजिप्टको भविष्य निर्भर

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार ५

सर्विया विरुद्धको खेलमा मैदान बाहिर बसेर पराजयको पिडा भोग्न बाध्य भएका इजिप्टका स्टार खेलाडी मोहम्मद सलाहलाई मंगलबार रसियाविरुद्धको खेलमा मैदानमा उतार्ने तयारी भइरहेको छ।

विश्वकप फुटबल २०१८ को उद्घाटन खेलमा साउदी अरेवीयालाई ५-० गोल अन्तरले पराजित गर्दै समूह ‘ए’ मा ३ अंक बटुलेको आयोजक राष्ट्र रसिया विरुद्धको खेलले इजिप्टको विश्वकप खेलको यात्रा लिग चरणमै अन्त्य गर्ने कि त्यसलाई निरन्तरता दिने भन्ने विषयले पनि जीवन मरणको सवाल बन्दैछ।

समूहमा रहेको उरुग्वेले रसियासँग पराजित भएको साउदी अरेवियालाई पराजित गरे अथवा बराबरीमै रोकेपनि लुइस स्वारेज टिमको विश्वकप यात्रामा पूर्ण विराम लाग्ने छैन। तर, रसियासँग आजको खेलमा इजिप्ट पराजित अथवा बराबरीमा टुंगीयो भने सलाहका निम्ति सबैभन्दा ठूलो पिडादायी क्षण आउन सक्ने सम्भावना छ।

उरुग्वेसँग अन्तिम समयमा एक सून्य गोलले पराजित भएको सलाहको टिमले आज रसियासँग अनिवार्य जित निकाल्न जरुरी छ।

राष्ट्रिय फुटबल फेडेरेसन, इजिप्टका अध्यक्ष हेनि अबु रिदाले आफ्नो देश र जनताको आशा र भरोसा अनुसार राष्ट्रिय टिमका खेलाडीसँग रसियाविरुद्ध जस्तोसुकै अवरोधको सामना गर्न सक्ने क्षमता रहेको बताउँदै उनीहरु दोस्रो चरणमा प्रवेश गर्न सक्ने दाबी गरे।

सोमबार साँझ आफ्ना खेलाडीहरुसँगको रात्री भोजमा अब रिदाले रसियाको होम ग्राउण्ड र उसको पक्षमा रहेनसक्ने दर्शकको समर्थनको डर र त्रास मन बाट हटाउन आफ्ना खेलाडीहरुलाई सुझाव दिएका थिए।

आजको खेलमा सलाहको संलग्नताले हौसिएका अबु रिदाले खेलाडीहरुको मनोवल उच्च बनाउने क्रममा भने, ‘सलाहको उपस्थितिले हामी सबैको मनोवल उच्च हुने छ।’

याे पनि हेर्नुहाेस्ः

सलाहकाे जन्मदिन मैदानमा कि बाहिर?