कोरिया र स्वीडेनबीचको खेल सुरु

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

कोरिया र स्वीडेनबीचको विश्वकप लिग खेल सुरु भएको छ। सोमबार हुने पहिलो खेलमा कोरिया र स्वीडेन एक आपसमा भिड्दै छन्।

रसियामा जारी विश्वकप २०१८ को लिग चरणको खेलमा आइतबार समूह ‘एफ’ को पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनी मेक्सिकोसँग पराजित भएपछि सोहि समूहमा रहेको स्वीडेन र एशियन राष्ट्र कोरियालाई लिग चरण पार गर्ने नयाँ अवसर मिलेको छ।

सोमबारको खेलमा मेक्सिकोले सानदार प्रदर्शन गर्दै जर्मनीलाई पराजित गरेपछि यस समूहमा नयाँ तरंग पैदा गरेको छ।

कोरिया र स्वीडेनबीचको खेल बराबरीमा टुंगिने हो अथवा एक अर्काविरुद्ध जित निकाल्दै समूह चरणमा तीन अंक बटुल्न सफल हुने हो अबको केहि समयभित्रै हुने खेलले टुंगो लगाउने छ।

यसपटकको विश्वकप खेलमा जाल्टान इब्रहिमोविचवीना नै स्वीडेनले आफ्नो विश्वकपको यात्रा तय गर्दैछ।

स्वीडेनका कोच जोन एन्डर्ससनले इब्रहिमोविच नभएर टीमलाई कुनै असर नपर्ने प्रतिक्रिया दिएका छन्।

एल.ए. ग्यालेक्सीका स्ट्राइकर इब्रहिमोविचले यूरो २०१६ पछि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका थिए।

तर, रसियाको विश्वकपमा आउन सक्ने सङ्केत दिएकोबारे स्वीडेनका कोच एन्र्डसनले संचारकर्मीसंग कुरा गर्दै भने, ‘म दुई वर्ष अगाडी कोच भएको समयमै इब्रहिमोविचले राष्ट्रिय टीम छोडेको घोषणा गरिसकेका थिए। उनले आफ्नो खेल जीवनको असाधारण योगदानमार्फत स्वीडेनलाई यो उचाईमा पुर्याएकोमा म उनलाई सम्मान गर्दछु। तर, अहिले उनी र राष्ट्रिय टिम र यसका खेलाडीहरुसँग कुनै सम्बन्ध छैन।’

विश्वकप खेलमा १०औँ पटक सहभागी हुन लागेको कोरियाको एउटैमात्र उद्देश्य भनेको विश्वकप २०१४ मा ब्राजिलमा भएको विश्वकप भन्दा राम्रो खेल्नु रहेको छ।

अन्यथा २०१४ को खेलमा जस्तो लिग चरणमा कम अंक भएको कारण समूह चरणबाटै बाहिरिनु पर्ने स्थिति आउन सक्नेछ।

यी दुर्इ देश पहिलो चोटी सन् १९४८ को लन्डनमा सम्पन्न ओलम्पिक खेलमा आमने सामने भएको थियो। जसमा स्वीडेनले १२/० गोल अन्तरले जित्न सफल भएको थियो।