मेक्सिकोद्धारा जर्मन १ सून्यले पराजित

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार ३

रसियामा जारी विश्वकप फुटबल खेलमा समूह एफ को मेक्सिकोले दुनियालाई चकित बनाउँदै डिफेन्डिङ च्याम्पियन जर्मनीलाई पराजित गर्यो।

आइतबार साँझ भएको खेलको पहिलो हाफको ३५ मिनेटमा लोजानोले गोल गर्दै एक सून्यको अग्रता दिलाएको मेक्सिकोले दोस्रो हाफको खलमा रणनीति बदल्दै त्यसलाई व्यवहारमा उतार्न सफल भयो।

चार पटक विश्वकप जित्न सफल जर्मनीलाई पहिलो हाफमा एक गोल गर्दै अग्रता लिएको मेक्सिकोले दोस्रो हाफमा आक्रमण भन्दा पनि उसलाई कसरी रोक्ने भन्ने रणनीतिमै मेक्सिकोका खेलाडी भिडिरह्हे।

बेला बखतमा बल पाउनासाथ जर्मनीको पोष्टमा पुर्याउदै खेलमा रौनकता थपेका मेक्सिकन खेलाडीले दोस्रो हाफपछिको ४८ मिनेट जसरी हुन्छ विपक्षीलाई गोल गर्नबाट रोके र सफलता पाए पनि।

जर्मनीका खेलाडीले ६१ प्रतिशत बल पोसेसन गर्न तथा २५ पटक पोष्टमा आक्रमण गर्न सके पनि सफलताका लागि बलले जालि चुमाउन भने विफल भए।

फलस्वरुप चार पटक विश्व विजेता बनेको ब्राजिल रसियामा भएको २१औँ संस्करणको पहिलो लिग खेलमै मेक्सिकोसँग पराजित हुन पुग्यो। उता मेक्सिकोले भने जर्मनी जस्तो बलियो मानिएको टिमलाई पराजित गर्दै समूह चरणको पहिलो खेलबाटै तीन अंक बटुल्न सफल रह्यो।
अर्को खेल आजै राती पौने १२ बजे विश्व चर्चित ब्राजिल र स्विट्जरल्याण्डबीच  हुँदैछ।