पाचौँ ताराका लागि जर्मनीको विश्वकप यात्रा मेक्सीकोबाट सुरु

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक

समूह ‘एफ’ को पहिलो खेलमा आइतबार साँझ डिफेन्डिङ च्याम्पियन जर्मनीले मेक्सीकोविरुद्ध लुजुनिकी रंगशालामा खेल्दै छ।

यसअघिको विश्वकप विजेता राष्ट्र जर्मनीको पुरानो अवस्था र अहिले रसियामा भइरहेको विश्वकप खेलका क्रममा धेरै परिवर्तन भएको छ।

जर्मनीका धेरै अनुभवी र स्थापित खेलाडीहरुले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिइसकेका छन् भने अघिल्लो चाटी विश्वकपको फाइनल खेलको थप समयमा गोल गरी आफ्नो टिमलाई विश्व विजेता बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका मारियो गट्ज पनि टिममा छैनन्।

जर्मन कोचले चयन गरेका अन्तिम २३ जना खेलाडीको संख्यामा गट्ज अटाउन सकेनन्।

अहिलेको विश्वकप खेलमा धेरै कुरामा परिवर्तन भइसकेपनि जर्मनीका दुई कुरा भने स्थिर छन्ः सफलता र योचिम लोव डेनमन्चेफ्ट।

योचिमले विश्वकप छनौट चरणमा १० मा १० खेल नै जिताएका थिए जसमा ४३ गोल गरेका थिए भने ४ गोल खाएका थिए। त्यसैगरी अघिल्लो वर्ष फिफा कन्फेडेरेसन कप पनि हात पार्न सफल भएका थिए।

अहिले फेरि योचिम लोव सन २०२० सम्मका लागि अनुबन्धित भएका छन्।

आज हुने विश्वकप खेल यात्राको पहिलो दिन जर्मनीविरुद्ध जुआन कार्लोस आसोरोयोको नेतृत्वमा मेक्सिको भिड्दै छ।

कोलम्बियाली पूर्व फुटबलर र मेक्सिको राष्ट्रिय टोलीको वर्तमान प्रवन्धक जुआन कार्लोस ओसोरोयो सन २०१५ बाट मेक्सिको राष्ट्रिय टोलीको चार्ज समाहल्दै आएका छन्।

आज मेक्सिकन कोचले अघिल्लो वर्ष सोचीमा ४ १ ले हारेको बदला लिन सक्दछन्।

यो जर्मनी र मेक्सिकोबीच चौथो पटकको विश्वकपको सामना हुँदैछ। डेन मन्चेफ्टले अहिलेसम्म मेस्किोसँग दुई खेल जितेका छन्।

सन १९७८ को पहिलो समूह चरणमा ६ १ गोल अन्तरले जित हाँसिल गरेको थियो भने सन् १९९८ मा राउण्ड आफ १६ मा २ १ ले जित हाँसिल गर्यो। त्यसैगर ि१९८६ को क्वाटर फाइनलमा विना गोल बराबरीमा रोकिएको थियो जसमा पेनाल्टी सुट आउट हुँदा ४ १ जित हाँसिल गर्यो।

मेक्सिकोले जर्मनीको विरुद्धमा ११ खेलहरुमध्ये आफ्नै घरेलु मैदामा एकचोटी मात्र जितेको छ। रुसी मैदानमा पछिल्लो मुठभेड गत वर्षको कन्फेडेरसन कपमा जर्मनीले सेमी फाइनलमा ४ १ गोल अन्तरले जितेको थियो।

ब्राजिलपछि सबैभन्दा बढि विश्वकप खेलमा सहभागी भएको मुलुक जर्मनी हो। जर्मनीको यो १७औं लगातार सहभागीता हो। अहिलेसम्म लगातार विश्वकप जित्ने ताकमा रहेको छ। सन १९६२ मा अन्तिम पटक ब्राजिलले विश्वकप ट्रफी लगातार जितेको थियो। ब्राजिलपछि जर्मन बढि विश्वकप जित्ने राष्ट्रको रुपमा रहेको छ। ब्राजिलले ५ पटक विश्वकप घर लैजान सफल भएको थियो भने जर्मनीले चार पटक।

जर्मनी पहिलो राष्ट्र हो जसले सन २०१८ को विश्वकपका लागि युईएफ क्वालिफायरमा सबै १० खेल नै ३९ गोल अन्तरले जितेको थियो।

अन्तिम चार संस्करणहरुमा जर्मनी सेमीफाइनमा पुगेको छ जुन, अहिलेसम्मको विश्वकप इतिहासमा लामो रेर्कड हो। सन १९९० बाट आफ्नो समूहमा उ सधैँ शिर्ष स्थानमा रहँदै आएको छ।

मेक्सिको भने अहिलेसम्म ब्राजिल, जर्मनी, इटाली र अर्जेन्टिनापछि १६औँ पटक विश्वकप खेलमा छनौट भएको छ। आठ टिममध्ये विश्वकपमा कम्तिमा १४ पटक विश्वकप खेलका लागि छनौट एकमात्र राष्ट्र हो। अन्तिम ६ विश्वकपमा मेक्सिको राउण्ड अफ १६ बाट बाहिरिएको छ।

जर्मनीका थोमस मुलरले १० गोल गरेका छन भने ६ पटक अरुलाई गोल गर्न दिने उनी अहिलेसम्मका जीवित खेलाडी हुन्।

योचिम लोव जर्मनीको व्यवस्थापक भएको यो छैटौँ टुर्नामन्ट हो। उनले आफ्नो प्रत्येक पाँच अघिल्ला टुर्नामन्टहरुमा सेमिफाइनलमा प्रवेश गराएका छन्। यूरो २००८ मा फाइनल, विश्वकप २०१० मा तेस्रो स्थान, यूरो २०१२ मा फाइनल, विश्वकप २०१४ को विजेता तथा यूरो २०१६ मा सेमिफाइनलमा पुगेको थियो। (एजेन्सीकाे सहयाेगमा)