झुकेकै हाे त, मेसीको शिर र शान?

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार २

विश्व चर्चित खेलाडी लियोनल मेसीले पेनाल्टी सुट आउटका लागि पाएको अवसर गुमाएपछि अर्जेन्टिना आइसल्याण्डसँग बराबरीमा चित्त बुझाउन बाध्य भएको छ।

विपक्षी टिमकाे पर्खाल भत्काएर उनले अरू बेलामा जस्ताे गाेल त गर्न सकेनन् नै, विरलै अवस्थामा पाइने पेनाल्टी समेत गाेलमा परिणत गर्न नसक्दा बराबरीमा एक एक अंक बाड्न बाध्य भएका मेसी खेलकाे अन्तिम समयमा ठाडाे शिर गरेर मैदानबाट बाहिर अाउन पनि सेकनन्।

खेल मैदानकाे विचमै उभिएर शिर तल झुकाउँदै अाफ्नाे असफलताले दर्शकमा परेकाे चाेटप्रति नाजवाफ जस्तै बने।

स्पेनिस क्लबमा जहिलेपनि चम्किएका मेसी आफ्नो मुलुकका लागि खेलेका खेलहरुमा जहिले पनि असफल जस्तै बनेपछि उनका निम्ति अर्जेन्टिना कि अर्जेन्टिना मेसीका लागि अभागी हो भन्ने प्रश्न उठ्न थालेको छ।

आइसल्याण्ड विरुद्धको खेलको दोस्रो हाफमा पेनाल्टी गोलको अवसर पाएका मेसीको बल विपक्षी टिमका गोलरक्षकले छेकिदिएपछि उनको विश्वकप खेलमा पहिलो गोल गरी आफ्नो देशलाई अग्रता दिलाउने सपना चकनाचुर मात्रै भएन नसोचेको टिमसँग पनि अंक बाड्न बाध्य भएको छ।

हानेस थोर हालडोरसनले बल हानेकै दिशामा डाइभ गर्दै गोल हुनबाट बचाएका थिए। खेलकाे अन्तिम मिनेटमा फ्रि किक पाएपनि गाेलमा परिणत गर्न मेसी विफल भएपछि विपक्षी टिमले विजय उत्सव जस्तै मनाए।

कोपा अमेरिका खेलमा पनि उनले पेनाल्टी मिस गरेपछि खेलबाट पाखा लाग्ने घोषणा गरेपनि समर्थकको दबाब पछि उनी राष्ट्रिय टिममा फर्किएका थिए।

त्यो नमिठो अतितलाई फेरि पनि मेसीले पुनरावृत्ति दिएर उनका समर्थकहरुलाई पुनः एकचोटी निराश बनाएका छन्।

यसअघि पहिलो हाफमा दबै टिमबाट एक एक गोल गरेका थिए।