मेसी फेरि पेनाल्टी गोल गर्न चुके

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार २

विश्व चर्चित खेलाडी लियोनल मेसीले फेरि पनि पेनाल्टी सुट आउटमा गोल गर्न चुकेका छन्।

आइसल्याण्ड विरुद्धको खेलको दोस्रो हाफमा पेनाल्टी गोलको अवसर पाएका मेसीको बल विपक्षी टिमका गोलरक्षकले छेकिदिएपछि उनको विश्वकप खेलमा पहिलो गोल गरी आफ्नो देशलाई अग्रता दिलाउने सपना चकनाचुर भएको छ।

हानेस थोर हालडोरसनले बल हानेकै दिशामा डाइभ गर्दै गोल हुनबाट बचाएका थिए।

कोपा अमेरिका खेलमा पनि उनले पेनाल्टी मिस गरेपछि खेलबाट पाखा लाग्ने घोषणा गरेपनि समर्थकको दबाब पछि उनी राष्ट्रिय टिममा फर्किएका थिए।

त्यो नमिठो अतितलाई फेरि पनि मेसीले पुनरावृत्ति दिएर उनका समर्थकहरुलाई पुनः एकचोटी निराश बनाएका छन्।