आइसल्याण्डका फिनबोगसनले मेसीलाई चक्मा दिएपछि…

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार २

विश्वकप फुटबल २०१८ अन्तरगत समूह ‘डी’ मा रहेको विश्व चर्चित अर्जेन्टिनीयन खेलाडी लियोनल मेसीको टिमविरुद्ध गोल गर्दै अाइसल्याण्डले चक्का दिएको छ।

अग्वेरोले १९ मिनेटमा गोल गरेर एक सून्यको अग्रता दिलाएपनि त्यसको चार मिनेटमै आइस्ल्याण्डका खेलाडी फिनबोगसनले गोल फर्काएर बराबरी बनाए।

पहिलो हाफमा त्यसपछि अर्जेन्टिनाले गोलको प्रयास गरेपनि बराबरीमै सकियो।

४५ मिनेटकाे खेलअवधिभर अर्जेन्टिनाले ७४ प्रतिशत बल पाेसेसन गरेकाे थियाे र पनि थप गाेल गर्न सकेन।

स्पेनिस क्लब बार्सिलोनाको लागि सधैँ उत्कृष्ट नतिजा निकालेर विश्वभर चर्चा कमाउन सफल मेसी आफ्नो देशका लागि भनि सधैँ असफल बन्दै आएको बेला उनी यसपटकको खेलमा विगतको नमिठो अनुवभलाई मेटाउने गरी खेल्न चाहन्छन्।