अर्जेन्टिनाका स्टार मेसीको जादु आइसल्याड विरुद्ध चल्ला?

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार २

विश्वकप फुटबल २०१८ अन्तरगत समूह ‘डी’ मा रहेको विश्व चर्चित अर्जेन्टिनीयन खेलाडी लियोनल मेसी आज लिग चरण अन्तरगत आइसल्याण्ड विरुद्ध खेल्दै छन्।

स्पेनिस क्लब बार्सिलोनाको लागि सधैँ उत्कृष्ट नतिजा निकालेर विश्वभर चर्चा कमाउन सफल मेसी आफ्नो देशका लागि भनि सधैँ असफल बन्दै आएको बेला उनी यसपटकको खेलमा विगतको नमिठो अनुवभलाई मेटाउने गरी खेल्न चाहन्छन्।

यसका लागि लिग चरणको पहिलो खेल अर्जेन्टिनाले आइसल्याण्डसँग मस्कोको स्पार्तक रंगशालामा अहिले साँझ ६ः४५ बजेबाट हुँदैछ।
मेसीको टिममा आज डि मारिया, मास्करानो, वटामेण्डी, साल्भियो जस्ता खेलाडीले साथ दिँदैेछन्।

यसअघि आजै फ्रान्स र अष्ट्रेलियाबीच भएको खेलमा फ्रान्सले अष्ट्रेलियालाई २ १ गोलले पराजित गर्यो।

फिफा विश्वकप खेलमा पहिलो पटक विवादस्पद गोलको विषयमा निर्णय गर्न भिडियो एसिस्टेण्ट रेफ्रीको प्रयोग भएको थियो।