रोनाल्डो चम्किएर ह्याट्रिक गरेपछि स्पेन बराबरीमै राेकियाे

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

समूह बी मा रहेका स्पेन र पोर्चुगलबीच रोमान्चक खेलमा वानम्यान आर्मीका रुपमा रहेका पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डो चम्किएपछि स्पेनलाई बराबरीमा रोक्न सफल भएका छन्।

पहिलो हाफमा दुई गोल गरेपनि पछि आफ्नो देशलाई दुई एक गोल अन्तरले अग्रता दिलाएका रोनाल्डोले दोस्रो हाफको ८८औं मिनेटमा पाएको फ्री किकलाई पोष्टमा छिराउँदै यो सिजनको ह्याट्रिक गर्ने पहिलो खेलाडी बने।

पहिलो हाफको तस्रो मिनेटमै पोर्चुगलका स्टार खेलाडी रोनाल्डोलाई पेनाल्टी वक्समा लडाएपछि पेनाल्टी पाएका रोनाल्डोले कुनै गल्ती नगरी गोल गर्दै आफ्नो टिमलाई एक सून्यको सुरुवाती अग्रता दिलाए।

त्यसपछि एक अर्काप्रति आक्रमणको श्रृंखला बुनेका दुबै टिमबीचको खेलको २४औं मिनेटमा स्पेनका डिएगो कोष्टाले गोल गर्दै खेललाई बराबरीमा ल्याउन सफल भए।
त्यसपछिको २० मिनेटसम्म दुबै टिमबाट कुनै गाल नभएकै समयमा रोनाल्डोले ४४ मिनेटमा दोस्रो गोल गर्दै पोर्चुगललाई दुई एक गोलको अन्तरले अग्रता दिलाए।
तर स्पेनका डिएगो कोष्टाले दोस्रो हाफका ५५ मिनेटमा र नाचोले ५८औं मिनेटमा गोल गरेपछि स्पेन ३ २ गोल अन्तरले अगाडि रहेको थियो।
तर रेगुलर समयको ८८औं मिनेटमा डिबक्स नजिक लड्न पुगेका रोनाल्डोले फ्रि किक पाएकोमा कुनै गल्ती नगरी गोल गरेपछि दुबै टिम समूह बीबाट एक एक अंक बांड्न बाध्य भए।
सोही समूहबाट इरानले मोरक्कोलाई हराउँदै तीन अंकसहित अग्रस्थानमा रहेको छ।