रोनाल्डो चम्किएपछि स्पेनविरुद्ध पहिलो हाफमा पोर्चुगल २-१ गोल अन्तरले अगाडि

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

समूह बी मा रहेका स्पेन र पोर्चुगलबीच रोमान्चक खेलमा वनम्यान आर्मीका रुपमा रहेको पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डो चम्किएपछि आफ्नो देशलाई दुई एक गोल अन्तरले अग्रता लिएका छन्।

पहिलो हाफको तस्रो मिनेटमै पोर्चुगलका स्टार खेलाडी रोनाल्डोलाई पेनाल्टी वक्समा लडाएपछि पेनाल्टी पाएका रोनाल्डोले कुनै गल्ती नगरी गोल गर्दै आफ्नो टिमलाई एक सून्यको सुरुवाती अग्रता दिलाए।

त्यसपछि एक अर्काप्रति आक्रमणको श्रृंखला बुनेका दुबै टिमबीचको खेलको २४औं मिनेटमा स्पेनका डिएगो कोष्टाले गोल गर्दै खेललाई बराबरीमा ल्याउन सफल भए।

त्यसपछिको २० मिनेटसम्म दुबै टिमबाट कुनै गाल नभएकै समयमा रोनाल्डोले ४४ मिनेटमा दोस्रो गोल गर्दै पोर्चुगललाई दुई एक गोलको अन्तरले अग्रता दिलाए।