सलाहवीनाको इजिप्ट उरुग्वेसँग एक सून्यले पराजित

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार १

इजिप्टका मुख्य खेलाडी मो सलाह नखेलेपछि उरुग्वेले खेलको अन्तिम समयमा एक सून्य गोलको जित निकाल्न सफल भएको छ।

च्याम्पियन्स लिगको खेलमा घाइते बनेपछि मैदान बाहिर रहेका सलाहको अनुपस्थितिमा पनि इजिप्टले लुइस स्वारेजको टिमलाई गोल गर्नबाट रोकेको थियो।

तर, दोस्रो हाफको ८९औं मिनेटमा जिमीनेजले फ्री किकमा पाएको बललाई हेडगरी पोष्टमा छिराउँदै उरुग्वेलाई एक सून्यको अग्रता दिलाए।

त्यसपछि थपिएको ६ मिनेट समय थप गरिएको खेलमा इजिप्टका खेलाडीले गोल फर्कान प्रयास गरेपनि विफल भए।

बेन्चमा बसेर खेल हेरिरहेका सलाहले आफ्नो टिम पराजित भएपछि मन खिन्न बनाउदै बसेका थिए।