उरुग्वे र इजिप्टबीचको खेल गोल नभइ पहिलो हाफ सकियो

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार १

उरुग्वे र इजिप्टबीचको खेलमा पहिलो हाफ गोलरहित टुंगिएको छ।

मोहम्मद सलाहबीना मैदनमा उत्रिएको इजिप्ट र स्वारेजको टिम उरुग्वेबीच एकअर्काप्रति घम्साघम्सी भएपनि कुनै पनि पक्षले पोष्टमा बल छिराउन सकेनन्।

उरुग्वेका खेलाडी स्वारेजले २१औं मिनेटमा कर्नर किकमा आएको बललाई पोष्टमा छिराउन गरेको प्रयासलाई विपक्षी टिमले असफल बनाइदिएको थियो।

खेलभरी ५७ प्रतिशत बल उरुग्वेले नियन्त्रणमा लिएको थियो भने इजिप्टले ४३ प्रतिशत बल नियन्त्रणमा लिन सफल भएको थियो।

उरुग्वेले ६ पटक बल पोष्टमा प्रयास गरेको थियो भने इजिप्टले चार पटक प्रयास गरेको थियो।

उरुग्वेले २ कर्नर किक पाएपनि इजिप्टले कुनै कर्नरको मौका पाएन।

उरुग्वेले ३ र इजिप्टले २ फौउल गरेका थिए।