विश्वकपको पहिलो विजेता उरुग्वे इजिप्ट विरुद्ध भिड्दै

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
अाभाश श्रेष्ठ
काठमाडौं, असार १

विश्वकप फुटबल २०१८ को दोस्रो दिनको दोस्रो खेल विश्वकपको पहिलो विजेता राष्ट्र उरुग्वेले दक्षिण अफ्रिकाको सबैभन्दा बलियो टिमका रुपमा मानिएको इजिप्टविरुद्ध प्रतिष्पर्धा गर्दैछ।

आजभन्दा ८८ वर्ष पहिले आफ्नै देशमा आयोजित विश्वकप खेलको फाइनलमा अर्जेन्टिनालाई ४ २ गोल अन्तरले पराजित गर्दै विश्वकप चुम्न सफल भएको उरुग्वेले तेस्रो पटक विश्वकपको उपाधि हाँसिल गर्न लिग चरणको पहिलो खेल नै इजिप्टविरुद्ध खेल्दै छ।

यसअघि उरुग्वेले सन १९५० मा ब्राजिलमा सम्पन्न विश्वकप फाइनलमा पनि ब्राजिललाई पराजित गरेको थियो।

उता रसिया र अमेरिकी सेनाको कारबाहीबाट तहसनहस र आन्तरिक द्धन्द्धको चपेटामा परेको दक्षिण अफ्रिकी मुलुक इजिप्टलाई विश्वकप खेलको छनौट चरणमा सफल बनाउन ठूलो भूमिका निर्वाह गरेका मो. सलाह आजको खेल खेल्ने वा नखेल्ने भन्ने अझै टुंगो लागि सेकेको छैन।

सन १९९० पछि विश्वकप खेलमा आफ्नो स्थान सुरक्षित गर्न सलाहले कंगो विरुद्ध २(१ गोलले पराजित गर्न सफल भएका थिए।
मो. सलाह सो खेलमा दुवै गोल हानेका थिए जसमध्ये दोस्रो गोल अतिरिक्त समयमा पेनाल्टीद्वारा भएको थियो।

बार्सिलोनाका लुइस स्वरेज़ र पी एस जी का एडिन्सन कवानीको उत्कृष्ट प्रदर्शनमा दक्षिण अमेरिकाबाट दोस्रो भई छनोट भएको उरुग्वेले एथलेटिक मैड्रिडका डिएगो गोदीनकाे नेतृत्वमा २०१४ को बिश्वकपमा कोलोम्बियाद्वारा राउण्ड अफ १६ बाट २-० ले पराजित हुदै बाहिरिएकाे थियाे। यस पटककाे प्रतियोगितामा राम्रो र शक्तिशाली प्रदर्शन देखाउन कोशिश उसले गर्दैछ।