सलाहकाे जन्मदिन मैदानमा कि बाहिर?

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार १

इजिप्टका चर्चित खेलाडी मोहम्मद सलाह उरुग्वेविरुद्ध आज हुने विश्वकप खेलको पहिलो प्राथमिकतामा पर्न सकेनन्।

उरुग्वे विरुद्ध शुक्रबार साँझ ५ः४५ बजे हुन लागेको खेलमा इजिप्टका कोचले लिभरपुलका स्टार खेलाडी सलाहलाई ११ जनाको टोलीमा नराखेपछि उनी आजको खेलमा मैदानमा उत्रने हुन वा होइन भन्ने अनिश्चितता छायको छ।

संयोगवस आजैको दिन २६औं जन्मदिनको खुशीयाली खेल मैदानमा उत्रिएर मनाउछन् वा मैदान बाहिर बसेर हेर्ने हुन भन्नेबारे कुनै टुंगो लाग्न सकेको छैन।

लिभरपुलका स्टार सलाह खेलमा उत्रने वा नउत्रने भन्ने अनिश्चितताले उनका समर्थकहरुलाई निराश बनाउने सम्भावना बढेको छ।

च्याम्पियन्स् लिगको फाइनल खेलमा रियल म्याड्रिडसँग खेल्दा सर्जियो रामोससँग ठोकिँदा पातामा चोट लागि घाइते भएपछि इजिप्टको टिममा असर पर्न सक्ने आशंका बढेको थियो।

सलाहकै कारण विश्वकप खेलमा राम्रो प्रदर्शन गर्ने उत्साह बोकेको सिंगो इजिप्टको टिममा उनको सहभागीतामा देखिएको अनिश्चितताले उनका समर्थकहरुलाई चिन्तित बनाएको छ।