विश्वकप फुटबलको दोस्रो दिन तीन खेल, स्पेन र पोर्चुगलबीच भिडन्त हुँदै

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार १

विश्वकप फुटबल २०१८ को लिग खेलको दोस्रो दिन शुक्रबार ६ टिमबीच तीन वटा खेल खेलिदैछ।

फिफाले तय गरेको खेल तालिका अनुसार, नेपाली समय अनुसार शुक्रबार अपरान्ह ५ः४५ बजे पहिलो खेल समूह ए मा रहेका उरुग्वे र इजिप्टबीच हुँदैछ भने, दोस्रो र तेस्रो खेल समूह बी रहेका चार टिमबीच क्रमशः हुनेछ।

साँझ ८ः४५ बजे दोस्रो खेलमा समूह ‘बी’ का मोरक्को र इरानबीच प्रतिस्पर्धा हुने छ भने आजको तेस्रो खेल सोहि समूहमा परेका विश्व चर्चित टिक पोर्चुगल र स्पेनबीच राती ११ः४५ बजे हुनेछ।

आज हुने तीन खेलमध्ये मध्यरातमा हुन लागेको खेलप्रति विश्वभरका फुटबल प्रेमीहरुको बढि चासो र उत्साह रहेको छ। किन भने, उक्त खेलमा फिफा वरियतामा चौथो स्थानमा रहेको पोर्चुगल र दशौँ स्थानमा रहेको स्पेनबीच कडा प्रतिस्पर्धा हुने छ।

पोर्चुगलका क्रिश्चियानो रोनाल्डो, आन्द्रे सिल्भा, क्वारेज्मा, पेपे जस्ता खेलाडीले आफ्नो देशलाई उपाधि जिताउन मैदानमा उत्रदै छन् भने उता स्पेनिस क्लबमा बलियो पकड जमाएका डेभिड सिल्भा, आन्द्रे इनियष्टा, पिके, सजियो बुस्केट जस्ता खेलाडीले स्पेनको विश्वकप यात्रा सफल बनाउन भिड्दै छन्।