विश्वकप महासंग्राम २०१८ रसियामा सुरु

पहिलो खेलमा साउदी अरेवीया र आयोजक राष्ट्र रसिया भिड्दै

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
बिशाल बुढाथाेकी
काठमाडौं, जेठ ३१

करिब चार वर्षअघि मारियो गट्जले थप समयमा हानेको गोलले जर्मनीको जर्सीमा चौथो तारा थपिएको थियो।

उक्त खेल सम्पन्न भएको ठिक १४ सय ३२ दिनपछि नयाँँ अध्याय थपिँदैछ। जसको सुरुवात साउदी अरेवीया र विश्वकप फुटबल २०१८ अर्थात २१औँ संस्करणको आयोजक राष्ट्र रसियाबीचको खेल अबकाे केहि मिनेटमा रूसकाे राजधानी मस्काेकाे लुझनिकी रंगशालामा नेपाली समय अनुसार ८ः१५ बजे उद्घाटन गरी फिफा विश्वकपमा नयाँ इतिहास रचिँदै छ।

करिब ८० हजार दशर्क क्षमता भएकाे उक्त रंगशालामा ५ सय कलाकारले अाफ्नाे अाफ्नाे प्रस्तुती गर्दैछन्।

रसियाले अक्टोबरमा दक्षिण कोरियालाई हराए पश्चात लगातार ७ वटा गैर(प्रतिस्पर्धात्मक खेलमा पराजयको नमिठो सम्झना लिन बाध्य छ। उता साउदी अरेवीयाले ३ मैत्रीपूर्ण खेल मा पराजय व्यहोर्यो। जसमा इटाली, पेरु र विश्वकप डिफेन्डीङ च्याम्पियन जर्मनी जस्ता प्रतिस्पर्धी टिम रहेका थिए।

रसिया र साउदी अरेवीया यो भन्दा पहिला सन् १९९३ को अक्टोबरमा एक आपसका विरुद्ध भिडेका थिए। साउदीले घरेलु मैदानको फाइदा उठाउँदै त्यतिबेला रसियालाई ४(२ को गोल अन्तरले पराजित गरेको थियो।

सोभियत यूनियनको विभाजन पश्चात रसिया सन् १९९४, सन् २००२, र सन् २०१४ को विश्वकप खेलको नकाउट चरणबाट पाखा लागेको थियो। यी तीन पटकको छनौट चरणमा नै उक्त मुलुक समूह चरणको तस्रो स्थानमा थन्किएको थियो।

फ्रान्स अन्तिम राष्ट्र थियो जसले, सन् १९९८ मा खेलको आयोजना गर्दा विश्वकप ट्रफी चुम्न सफल भयो।

प्राय आयोजक राष्ट्रहरु दोस्रो चरणसम्म पुगेका छन् तर, २०१० को विश्वकपमा दक्षिण अफ्रिका लिग चरणबाटै बाहिरिएको थियो।

रसियाले सोभियत युनियनबाट अलग्गिएपछिका पाँचवटै विश्वकप खेलमा कुनै सफलता हाँसिल गर्न सकेको छैन। अझ रसियाले स्वतन्त्रता भएपछि विश्वकप खेलमा अफ्रिकी मुलुकलाई जम्मा २ खेल जितेको छ।

सन् १९९४ मा क्यामरूनसंग ६(१ ले बिजयी भएको रसियाले सन् २००२ मा ट्युनिसियासंग २(१ को बिजयी नै उसको लागि अन्तिम जीत थियो।

साउदी अरेवीयाको विश्वकप खेलमा यो पाचौँ पटकको सहभागीता हो। उसले ३ उपस्थितिमा सधैँ लिग चरणको समूहमा अन्तिम स्थानमा चित्त बुझाउँदै आएको छ।

साउदी अरेवीयाले विश्वकपमा १० खेल खेल्दा कुनै खेलमा पनि जीत हासिल गर्न सकेको छैन। अझै साउदीले जितेको भनेको सन् १९९४ को ग्रुप खेलमा बेल्जियम लाई १(० ले पराजित गरेको थियो। त्यसयता अहिलेसम्म साउदी ले कुनै पहिलो खेल जितेको छैन। (एजेन्सीकाे सहयाेगमा)