विश्वकपको अघिल्लो दिन स्पेनकाे कोचमा अदलाबद्ली

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ ३०

रसियामा हुन लागेको विश्वकप खेल सुरु हुन १ दिन अघि स्पेनको टिम तनाबमा परेकोे छ।

स्पेनको रायल स्पेनीस फूटबल फेडरेसन (आरएफइएफ)ले आफ्ना प्रमुख प्रशिक्षक जूलन लोपेटेगुईलाई एकाएक बर्खास्त गरेपछि सिंगो टिम नै तनाब र अन्यौलताको स्थितिमा पुगेको हो।

आरएफईएफका अध्यक्ष लुइस रुबियल्सले बुधबार पत्रकार सम्मेलन गरी उक्त कुराको पुष्टि गरेका हुन्।

लुपोटेगेई विश्वकप लगतै स्पेनिस क्लब रियल म्याड्रिडमा मुख्य प्रशिक्षकको रुपमा नियुक्ति भएको कुरा सार्वजनिक भएको दोस्रो दिनै स्पेनको टिमबाट निस्कानमा परेका हुन्।

आरएफईएफलाई प्रशिक्षकले यसको बारेमा केहि कुरा पूर्वजानकारी दिएकोले यस्तो अप्रिय कदम चाल्न बाध्य भएको अध्यक्ष रुबियल्सले बताए।

उनले भन ‘रियल म्याड्रिडलाई एउटा राम्रो कोचको खाँचो थियो, उनीहरुसँग हाम्रो केहि नराम्रो भएको छैन तर, हामीलाई यो सम्झौताको सवालमा अँध्यारोमा राखयो। यो विषय नजरअंदाज गर्न सकिदैन। मैले त्यो सम्झौता भएको पाँच मिनेटपछि थाहा पाएँ। हामीसंग टीमको जिम्मेवारी छ। मलाई थाहा छ यो कदमको चर्को आलोचना हुन्छ तर, हामीले यो निर्णय गर्न बाध्य भयौँ।’

यसैबीच विश्वकपको अवधिभर फ्रान्सिना हिरोरोलाई टिमको नेतृत्व गर्ने जिम्मेवारी दिइएको आरएफईएफ ले पुष्टि गरेको छ।

लुपोटेगेई बर्खास्त भएको केहि घण्टामै छ वर्ष पुरानो राष्ट्रिय टोलीका कप्तानलाई प्रशिक्षकको रुपमा जिम्मेवारी दिइएको हो।

हिरेरो म्याड्रिडको क्यारियरमा पाँच लालिगा र तीन च्याम्पियन्स् लिग टाइटल विजेता हुन्।

गत नोभेम्बरबाट हिरेरो स्पेनको खेलकुद निर्देशकको रूपमा कार्यरत छन्। समूह बी मा रहेको स्पेनको पहिलो खेल २ दिनपछि पोर्चुगलसंग हुँदैछ छ।

अब यस्तो निर्णयले स्पेन को खेलाडी मा कति को प्रभाब पर्छ त्यो भविश्यले नै बताउने छ।