पहिलो चोटी विश्वकप फूटबलमा भीएअरको प्रयोग हुँदै

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ २९

रसियामा हुन लागेको २१औ संस्करणको विश्वकप २०१८ मा फिफाले नयाँ प्रविधि भिडियो एशिस्टेन्ट रेफ्री (भीएअर)को प्रयोग गर्न भएको छ।

भीएअर फूटबल खेलमा पहिलो पटक प्रयोग हुन लागेको प्रविधि हो। यसको उपयोग सहि निर्णयको लागि गरिन्छ। कहिले काँही रेफ्रीले कुनै गम्भीर गतिविधि देख्न नसक्दा यसमा भिडियो हेरी रेफ्रीलाई सहि निर्णय गर्न मद्दत पुराउँछ।

गएको फए कप, कार्बो कपमा भीएअरको प्रयोग भएको थियो। त्यसैगरी जर्मन र इटालियन लीगमा पनि उक्त प्रविधिको प्रयोग भइसकेको सकेको छ।

अन्तर्राष्ट्रिय फुटबल संघको अनुमोदनपछि रसियामा हुन लागेको विश्वकपमा भीएअरको प्रयोग हुँदैछ। भीएअरले तेती खेर मात्र हस्तक्षेप गर्छ जब रेफ्रीले यी कुनै ४ अवस्थामा त्रुटि गर्छ अर्थात पेनाल्टी, रेड कार्ड, गोल र गलत पहिचान गर्छ।

खेलको गतिलाई नरोक्न यसको प्रयोग यी सम्बन्धीत अवस्थामा हुने बताइएको छ।

भीएअरको प्रयोगमा समयको कुनै सिमा तोकिएको छैन तर, एक चोटी रोकिएर हेरेपछि सुरु भएको खेलमा फेरि यसको त्येही घटनामा पूर्ण प्रयोग गर्न मिल्ने छैन। त्यसैगरी यदि एटयकिंङ गर्दा केहि गल्ति भयो भने गोल समेत रद्द गरिने छ।

भीएअर छुट्टाछुट्टै क्यामेराको कोणबाट छुट्टै ठाउँबाट भिडियो रेफ्रीले नियालेर हेरि अफिसियल रेफ्रीसंग माइकको माध्यमबाट सम्वाद गरी जानकारी दिन्छन् जसको आधारमा रेफ्रीले तत्काल त्यस्ता त्रुटिहरु सच्याउन सक्दछन्।

फिफाले यसको प्रयोगबाट खेलमा गलत निर्णय सुधार्न र खेललाई निश्पक्ष र मर्यादित बनाउने उद्देश्यमा सहयोग हुने आशा राखेको छ।

फिफाका अध्यक्ष इनफनतिनोले खेलाडी, दर्शक र कोचलाई यसले सकारात्मक असर गर्ने बताएका छन्।

अहिले सम्म १००० लाइभ म्याच परिक्षण गरेकोमा ९३ देखि ९९ प्रतिशतसम्म एक्युरेसी नतिजा दिएको छ।

यसको प्रयोगबाट खेललाई सुधार्न मद्दत पुराए पनि यसको प्रयोगमा बिरोध पनि भएको छ।

स्टेडियममा रेफ्रीहरु भीएअरमा निर्णयको समीक्षा बाहिरकेको बेलामा दर्शहरुलाई केहि थाहा हुँदैन। अहिलेको विश्वकपमा ठुलो स्क्रीनहरुको व्यवस्था गरिएको छैन।

त्यसैगरी यसले खेलको वेगमा असर पुराउँछ। अहिलेसम्म कुनै कुनै खेलमा भीएअरको प्रयोगले ५ देखि ६ मिनेटसम्म समय लिएको छ भने भएको गोलको उत्सव मनाइसकेपछि उल्टिदा समर्थकको पनि उत्साह हराएर जानसक्ने आशंका गरिएको छ। (एजेन्सीको सहयोगमा)