प्रदेश नं. ७ लाई देशकै नमूना बनाउँछु: सभामुख थापा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
बझाङ, वैशाख २७

भेटघाटका लागि गृहजिल्ला बझाङ पुगेका प्रदेश नं ७ का सभामुख अर्जुनबहादुर थापाले आफ्नो प्रदेशलाई देशकै नमूना बनाउने बताए।
नेपाल पत्रकार महासंघ बझाङ शाखाले गरेको स्वागत तथा सम्मान कार्यक्रममा सभामुख थापाले जनतामुखी बजेट ल्याइने बताए।

‘गाउँको विकास भए मात्र देशको विकास हुन्छ। हिजो सिहंदरबारको मुख ताकेर बसेका जनतालाई अहिले गाउँगाउँमा अधिकार दिइएको छ। विकास अल्पकालीन हैन दीर्घकालीन हुनुपर्छ,’ उनले भने।

सभामुख थापाले भने, ‘जेठको पहिलो साता बजेट अधिवेशन हुँदैछ, पश्चिम सेती, अपर सेतीलगायत युवालाई आत्मानिर्भर हुने खालका योजना ल्याउन पहल गर्नेछु।’रासस