दमक गोल्डकपः उपाधिका लागि मनाङ र नेपाल पुलिस भिड्ने

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौँ, वैशाख २७

प्रथम दमक गोल्डकप फुटबलको उपाधिका लागि फाइनलमा मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लब भिड्ने भएका छन । भोली हुने खेलमा मनाङले पुलिससँग खेल्नेछ ।

मनाङले दोस्रो सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गरेको थियो । जितले मनाङ सिजनको दोस्रो गोल्डकप उपाधि नजिक पुगेको हो ।

निर्धारित समय १–१ को बराबरीमा सकिएपछि टाइब्रेकर खेलाइएको थियो । आर्मी एक महिनाको अवधिमा मनाङसँग लगातार दुई सेमिफाइनलमा पराजित भएको छ ।

यसअघि माईभ्याली गोल्डकपको सेमिफाइनलमा पनि आर्मी मनाङसँगै हारेको थियो । खेलमा मनाङका गोलकिपर विशाल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले ११ हजार रुपैयाँ प्राप्त गरेका छन ।

मनाङले भोली पुलिससँग फाइनल खेल्नेछ । पुलिसले सेमिफाइनलमा विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई पराजित गरेको थियो । विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन ।