खहरे भेलले बगाउँदा एकै घरका चारसहित पाँचजनाको मृत्यु

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
 बझाङ, वैशाख २३

बझाङको थलारा गाँउपालिका-४ डिक्लागाडमा खहरे खोलाले बगाउँदा एकै परिवारका चारसहित पाँचजनाको मृत्यु भएको छ ।

ढोढेखेत बजारबाट शनिबार राति घरतर्फ जाने क्रममा घर नजिकैको खहरे खोलामा बगेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

मृत्यु हुनेमा थलारा गाँपालिका-४ का २७ वर्षीय हर्क बिक, उनकी श्रीमती २६ वर्षीया डल्ली भनिने देवकीदेबी विक, छोरी १२ वर्षीया मनिषा विक, छोरा ३ वर्षीय सक्षम विक र उनीहरुकी आफन्त पर्ने ३५ वर्षीया कलसी विक रहेको बझाङ्ग प्रहरी, प्रमुख प्रहरी नायब उपरीक्षक ऋषिराम कंडेलले जानकारी दिए ।

एकै परिवारका ४ सहित ५ जनाको मृत्यु भएपनि परिवार र गाउँ शोकमा परेको छ । मृतक बिकको घरमा आमा बुबा र एक छोरा एक छोरी छन् ।

शनिबार राति करिब ८ बजेको समयमा परेको वर्षाका कारण खहरे खोलामा बाढी आएको थियो । घटना राति भएपनि विहान मात्रै जानकारी भएको प्रहरीले बताएको छ ।

रातको समयमा खोला तर्ने क्रममा उनीहरुलाई खहरेको भेलले बगाएको प्रहरीले जानकारी दिएको छ । रासस