कांग्रेस महासमिति बैठक भदौमा, जिल्ला सभापति भेला जेठमा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला जेठ र महासमिति बैठक भदौमा गरिने भएको छ।

निर्वाचनको समिक्षा लगायतका विषयमा गत एक महिनादेखि सुरु भएर आइतबार सकिएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको जानकारी प्रवक्ता विश्वप्रकाश शर्माले दिए।

शुक्रबार छलफल सकेर बैठकमा प्रस्तुत गर्ने निर्णयको प्रस्ताव लेखन प्रक्रियामा असन्तुष्ट पक्षको विवादका कारण दुई दिन लम्बिएको कांग्रेस केन्द्रीय समिति बैठकको आइतबार साँझ समापन भएलगत्तै शर्माले खुला छलफल पश्चात सहमतिका आधारमा बैठकले सर्वसम्मतिले निर्णयहरु पारित गरेको बताए।

महामन्त्री शशांक कोइरालाको उपस्थितिमा पत्रकारमाझ शर्माले गरेको दाबी लगत्तै आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा कुनै सहमति नभएर बहुमतका आधारमा निर्णय भएको बताए।

निर्वाचनमा पार्टीको पराजयको जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिन तयार नभएकोमा उनको आलोचना गर्दै पौडेलले आफूले पार्टी र देशको सामू देखापरेका चुनौतिहरुको कारण जिम्मेवार भएर आफूहरुले निर्णय प्रक्रियामा बहिष्कार नगरेको बताए।

असहमति व्यक्त गरेको बताएपनि पौडेल पक्षले निर्णय पुस्तिकामा फरकमत भने दर्ज गरेका छैनन्।

पौडेलले साँझ व्यक्त गरेको प्रतिक्रियाप्रति आपत्ति जनाउँदै सभापति देउवा पक्षका एक नेताले सभापति देउवाले सबैलाई मिलाएर अघि बढ्नकै लागि शनिबार र आइतबार सहमतिको प्रयास गरेको दाबी गरे। ‘सभापतिले चाहेको भए निर्णय आफ्नो चाहना बमोजिम लेखेर यसअघि नै बहुमतका आधारमा पारित गर्नु हुने थियो,’ उनले भने।

चैत ९ गतेदेखि सुरु भएर आइतबारसम्म औपचारिक रुपमा १२ दिन र अनौपचारिक २ दिन छलफल गरी साँझ सकिएको बैठकले एमाले र माओवादी गठनबन्धनको निर्माणले गर्दा समग्रमा र मधेस केन्द्रीत दलको गठबन्धनको कारण दुई नम्बर प्रदेशमा पार्टीले आशातित सफलता प्राप्त गर्न सहज नभएको पहिलो निश्कर्ष निकालेको हो।

त्यसका अतिरिक्त उम्मदेवारी चयन प्रक्रियामा पर्याप्त गृहकार्य गरी समयमा टुंगो लगाउन नसक्नु, स्थानीय, प्रदेश र केन्द्रीय तहमा पार्टीले दिएको उम्मेदवारको पक्षमा कतिपय स्थानमा निस्कृता, असहयोग र अन्र्तघात जस्ता अनुशासनहिन क्रियाकलाप देखिनु पार्टीको संरचनालाई पूर्णता दिई पार्टीको संगठनात्मक गतिविधिलाई तिब्रता दिन आवश्यक आन्तरिक व्यवस्थापन कमजोर