कविता: मेरी आमा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौं, बैशाख ३

आज म धेरै निराशा छु आमा
तिम्लाई सम्झिदै छु आमा
म जस्ता यो सहरमा लाखौं छन् आमा
आफुनो भविष्य खोज्दै सडकमा उर्लिएका छन् आमा
हो आमा आफुनो भविष्य खोज्दै सडकमा उर्लिएका छन् आमा ।

यहाँ नत भोक नत निन्द्रा झिलिमिलि रात
सडकका किनारामा विताउछ्न आमा
आमा बाबा पाल्ने अन्गिन्ति सपना बोकेर
सडकका किनारामा भौतारीदै छन् आमा
हो आमा सडकका किनारामा भौतारीदै छन् आमा ।

आज तिम्लाई सम्झिदै आखामा आसु
टलपलाई रहेका छन् आमा
धेरै स्वार्थपन छ यो सहरमा आमा
आफ्नाले आफ्नैलाई चिन्दैन्न यहाँ आमा
हो आमा आफ्नाले आफ्नैलाई चिन्दैन्न यहाँ आमा ।

यहाँ बलत्कार,हत्या हिंसा बढी रहेको छ आमा
यहाँ आ(आफ्ना स्वार्थ लुटिरहेका छन् आमा
यो आखाले टुलुटुलु हेरिरहेको छ आमा
म एक्लै छु आमा
हो आमा म एक्लै छु आमा ।

आज म धेरै निराशा छु आमा
हो आमा आज म धेरै निराशा छु ।।

धन्यवाद ।

लेखक: अन्जना बिसुन्के
ठेगाना स्भक्तपुर सुर्यविनायक: ५
सुझाव को लागि [email protected]