‘मिस नेपाल’ बनिन् श्रृङ्खला खतिवडा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडाै‌ं, चैत २९

यो वर्षको ‘मिस नेपाल वर्ल्ड’ उपाधि हेटौँडाकी श्रृङ्खला खतिवडाले जितेकी छिन्। २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस नेपाल’को उपाधि जितेकी हुन्।

‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला?’ भन्ने प्रश्नको जवाफ दिएर श्रृंखलाले मिस नेपालको उपाधि जितेकी हुन्। उनले अब मिस वर्ल्डमा सहभागिता जनाउन पाउनेछिन्। उनलाई यसअघिको मिस नेपाल निकिता चण्डकले क्राउन पहिराइदिएकी थिइन्।
‘मिस नेपाल युनिभर्स’को उपाधि मनिता देवकोटाले जितेकी छिन्।

उनलाई सन् २०१७ कि ‘मिस नेपाल अर्थ’ नग्मा श्रेष्ठले क्राउन लगाइदिइन्। मनिताले ‘मिस युनिभर्स’मा सहभागिता जनाउनेछन्। उनले नगद १ लाख नगद पनि प्राप्त गरेकी छन्।

त्यस्तै मिस नेपाल अर्थको उपाधि प्रिया सिग्देलले जितेकी छन्। उनले ‘मिस अर्थ’मा नेपालको तर्फबाट सहभागिता जनाउनेछिन् भने १ लाख पुरस्कार पनि प्राप्त गरिन्। त्यस्तै ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि रोनाली अमात्यले जितेकी छिन्।